वीरगन्ज :

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प भूकम्प

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
32Views
0 Shares

दक्षिण–पूर्वी टर्कीस्थित गाजीयान्टापमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार त्यहाँको समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका अन्य विभिन्न सहरहरू र उक्त क्षेत्रभर महसुस भएको विवरणहरू प्राप्त भएको छ ।

कैयौँ भवनहरू भत्किएका र त्यहाँ केही मानिस फसेको हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन् । टर्कीका भूगर्वविदहरूले भूकम्प ७.४ म्याग्निट्युडको रहेको अनुमान गरेका छन्। उनीहरूका अनुसार केही मिनेटमै दोस्रो धक्का महसुस भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *