वीरगन्ज :

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल पर्साको अध्यक्षमा बिकास तिवारी मनोनयन

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल पर्साको अध्यक्षमा बिकास तिवारी मनोनयन

श्रेणी : मधेस

3 years
Pradeep Sah
50Views
0 Shares

वीरगंज, पर्सा

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल पर्साको अध्यक्षमा बिकास तिवारी मनोनित हुनु भएको छ।
 
लामो समय देखि रिक्त रहेको नेपाल तरुण दल पर्साको नयाँ अधक्ष्य पाएको छ। नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पर्साको जिल्ला अध्यक्षमा विकास तिवारीलाई मनोनित गरेका हुन् ।

यस अघि तिवारी नेपाल विद्यार्थी संघको पर्साको सभापति भइसकेका हुन् सभापति तिवारीले विद्यार्थीको हकहितको लागि र समाजको लागि विभिन्न चरण गरी ४ चोटी जेल नेल परिसकेका हुन्।

अधक्ष तिवरीले जसरी विद्यार्थीको हक हितको लागि जसरी काम गरियो त्यसरी नै अब पार्टीको लागि समाजको लागि र तरुणको लागि जिजान लगाई काम गर्ने छू जसरी मेरा अग्रज नेता हरुले मलाई विश्वास गरेर जीमेवारी दिनु भएको छ। त्यो विश्वाशमा खारो उत्रिने छु भन्दै अध्यक्ष तिवारीले जानकारी गराएका छन् साथै अध्क्षय तिवारीले आफूलाई यहाँ सम्म पुर्याउने ज्ञात अज्ञात सम्पूर्णलाई सम्झदै धन्यबाद तथा आभार प्रकट गरेका छन्।

साथै नेपाल तरुण दल पर्साको अध्यक्षमा विकास तिवारी मनोनित हुनु भएकोमा युथ कांग्रेस मधेस प्रदेशका सदस्य राहुल कुमार गुप्ताले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन‌।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *