वीरगन्ज :

शक्ति सन्तुलनका निम्ति सत्ताबाहिरको दलबाट राष्ट्रपति हुनुपर्छः कोइराला

श्रेणी : BANNER

2 years
birgunj report
7Views
0 Shares

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन फागुन २८ अगाडि नै हुनुपर्ने बताएका छन् । शनिबार विराटनगरमा नेपाल प्रेस युनियन प्रदेश एकको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै कोइरालाले फागुन २८ भित्र राष्ट्रपतिको निर्वाचन नभए अनिष्ट हुने बताएका हुन् ।

उनले आगामी राष्ट्रपतिको चुनावमा कांग्रेसले उम्मेदवारी दिने बताए । पार्टीभित्र उम्मेदवारका विषयमा छलफल चलिरहेको र नाम टुंगो नलागे पनि उम्मेदवारी दिनेमा भने कांग्रेस प्रस्ट रहेको बताए ।

उनले संविधान भन्दा माथि कोही हुन नसक्ने भएपनि बर्तमान राष्ट्रपतिले गरेको असंवैधानिक क्रिक्रयाकलापले राज्य सञ्चालनमा ‘चेक एन्ड ब्यालेन्स’का निम्ति सत्ताबाहिरको दलबाट राष्ट्रपति हुन आवश्यक भएको बताए ।

कोइरालाले रवि लामिछानेको नागरिकता प्रकरणले देशमा कानुनी राज्य छ भनेर गतिलो उदाहरण देखाएको बताए । उनले आफू गृहमन्त्री भएकाले लामिछानेले आफ्ना पक्षमा सम्पूर्ण राज्य संयन्त्र प्रयोग गरे पनि त्यसलाई चिर्दै अदालतले सही न्याय सम्पादन गरेको बताए ।

मुलुकमा न्याय मरिसकेको भनेर न्यायलयप्रतिको घट्दो विश्वासलाई शुक्रबार सर्वाेच्च अदालतले गरेको फैसलाले विश्वासको सञ्चारमा मद्दत पुगेको उनको भनाई थियो ।

उनले भने,‘अब भोलि कसरी बढ्नुपर्ने भन्ने अवस्था आएको छ । हिजोको घटनाले देशमा कानुनी राज्य छ भन्ने पुष्टि भएको छ । न्यायपालिका सबल भएको देखिन्छ ।’ कोइरालाले कांग्रेस ठूलो पार्टी भएकाले अहिले प्रमुख प्रतिपक्ष भएपनि कुनैपनि बेला सरकारको नेतृत्व गर्न सक्ने दाबी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *