![](https://birgunjreport.com/wp-content/uploads/2022/08/1-3-1024x548.png)
श्रेणी : राजनीति
10Views
0
Shares
काठमाडौं । भदौ १२ गते
एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गरेको छ ।आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय पनि गरेको छ । कमिटीको सचिवमा विष्णु रिमाल चयन भएका छन् ।एमालेले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
शनिबार सम्पन्न एमाले केन्द्रीय समिति बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो । साथै, उसले २२ भदौसम्म प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारका लागि नाम सिफारिस गरिसक्न निर्देशन दिएको छ ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया