वीरगन्ज :

फिजीले सुरक्षाका विषयमा चीनसँग सहकार्य नगर्ने

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
10Views
0 Shares

फिजीले चिनियाँ कर्मचारीहरूलाई फिजी प्रहरी बलसँग काम नगर्न आग्रह गरेको छ । फिजी टाइम्सले प्रधानमन्त्री सिटिभेनी रबुकालाई उदृत गर्दै फिजी प्रहरीले चिनियाँ अधिकारिहरूसँग सहकार्य जारी राख्न आवश्यक नरहेको बताएको छ ।

फिजी र चीनले २०११ मा हस्ताक्षर गरेको समझदारी पत्रलाई उल्लेख गर्दै फिजीका प्रधानमन्त्रीले भने, ‘हामीलाई सो सहकार्य जारी राख्नु आवश्यक छैन । काम गर्ने हाम्रो प्रणाली फरक छ।’

फिजीले पहिलो पटक अन्य देशका कर्मचारीसँग सुरक्षाकर्मीले सहकार्य गर्न आवश्यक नरहेको सार्वजनिकरूपमा बताएको हो । सन् २०११ मा गरिएको सहमति अनुसार फिजीका प्रहरी अधिकारीहरूले चिनियाँ अधिकारिहरूसँग तालीम लिने लगायतका विषयहरू सामावेश थिए ।

सन् २०२१ मा यस किसिमका तालीम गतिविधिहरू थप अगाडि बढाउँन चिनियाँ प्रहरीको सम्पर्क कार्यालय फिजीमा खोलिएको थियो र यस किसमका गतिविधि निकै उचाइमा पुगेको थियो ।

फिजी टाइम्सका अनुसार चीनको र फिजीको प्रजातान्त्रिक र न्यायिक प्रणाली पृथक रहेकाले यस किसिमको सहकार्य आवश्यक नरहरेको बताइएको छ । यद्यपि अष्ट्रेलिया र न्युजिल्याण्डसँग बने यस किसिमका सहकार्य जारी रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *