वीरगन्ज :

स्थायी बसोबासको माग गर्दै सुकुम्बासीहरु पुनः आन्दोलित

श्रेणी : BANNER

2 years
birgunj report
18Views
0 Shares

काठमाडौँ । विकल्पसहितको बसोबासको माग गर्दै काठमाडौंमा भूमिहीन तथा सुकुम्बासीहरु आन्दोलित भएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म भूमिहीन सुकुम्बासीले विरोध प्रदर्शन गरेका हुन् ।

अव्यवस्थित बसोबासीको हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई दबाब दिन उनीहरुले धर्नाको कार्यक्रम गरेका हुन् । उनीहरुले भूमि अभियन्ताहरु विरुद्धको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प विना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *