वीरगन्ज :

एमालेसँगको सहकार्यबारे प्रचण्डद्वारा स्थायी कमिटी बैठकमा ब्रिफिङ

श्रेणी : राजनीति

2 years
birgunj report
11Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा एमालेसँग सहकार्य गर्नुपरेको अवस्थाकाबारेमा पार्टीका नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

बिहीबार पार्टी स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले विगतको गठबन्धन छाड्नुको कारणबारे ब्रिफिङ गरेका हुन् । माओवादी उपाध्यक्ष कृणबहादुर महराका अनुसार बैठकमा प्रधानमन्त्रीले एमालेसँगको गठबन्धन र सरकार सचालनबारे प्रधानमन्त्रीले बैठकमा जानकारी गराएका थिए ।

महराले भने, ‘सरकार बन्नुभन्दा पहिले, चुनावको स्थिति, हाम्रो स्थिति, पार्टीको स्थिति अनि सरकार बन्ने बेलामा हामी गठबन्धन छोडेर अर्को सहमति गर्न पुग्यौँ । त्यो स्थिति । र अहिले सरकार कसरी चलिरहेको छ भन्नेमा उहाँले ब्रिफिङ गर्नुभयो ।’

माओवादीका एक नेताका अनुसार संसद विघटनको विषय संसदमा प्रवेश गराएर एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका थिए । त्यस्तै प्रधानमन्त्रीले पार्टीले मन्त्रालय राम्रा नपाएको र मर्यादाक्रममा पनि अप्ठेरो पारिएको बताएका थिए ।

बैठकमा प्रधानमन्त्रीले सभामुख र राष्ट्रपति अहिले एउटै पार्टीको बनाउने र भोलि प्रधानमन्त्री हुँदाको अवस्था अहिले नै मूल्यांकन गर्नुपर्ने बताएका थिए । यस विषयमा गम्भीर समीक्षा गरेर निर्णय गर्नुपर्ने उनको भनाई थियो ।

बैठकमा पार्टी एकता र संगठन बिस्तार बारेमा एजेण्डा रहेका र शुक्रबार बस्ने बैठकमा त्यस विषयमा छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *