
श्रेणी : समाज
15Views
0
Shares
काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे दोषी ठहर भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई बाल यौन दुरूपयोग मुद्दामा दोषी ठहर गरेको हो ।
उनीमाथि सजाय निर्धारण हुन बाँकी छ । एक युवतीले सौन्दर्य प्रतियोगिताको नाममा पाण्डेले आफूमाथि ६ वर्षअघि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । उनी पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया