
श्रेणी : समाचार
38Views
0
Shares
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले आफूलाई नतिजामुखी काम गर्न कठिनाई भइरहेको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेले ठूला दलले थिलथिलो बनाएको राज्य संयन्त्रका कारण आफूलाई नतिजामुखी काम गर्न समस्या भएको बताएका हुन् ।
उनले राज्य संयन्त्रहरुको सुधारको काममा केन्द्रित हुँदा फरार सांसद लक्ष्मी महतो, आन्दोलनरत अधिकारीकर्मीहरु र क्रसर उद्योगको विषयमा निर्णय लिन ढिलाई भएको बताए ।
अब केही दिन भित्रै नतिजा आउने गरी काम हुने भन्दै गृहमन्त्रीले त्यसका लागि गृह मन्त्रालयले संवेदनशील भएर काम गरिरहेको बताए । उनले आफूले लिएको जिम्मेवारी पूरा हुने कुरामा ढुक्क हुन पनि सांसदहरुलाई आग्रह गरे ।


प्रतिक्रिया