श्रेणी : अन्तर्राष्ट्रिय
11Views
0
Shares
युक्रेनको राजधानी किएभको पूर्वी भागमा हेलिकप्टर दुर्घटना हुँदा आन्तरिक मामिलामन्त्रीसहित १८ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जमिनमा रहेका मानिसहरू समेत छन् । मृत्यु हुनेमा तीन बालबालिका पनि छन् । थप १५ जनाको अस्पतालमा उपचार भइरहेको छ । हेलिकप्टरमा मन्त्री डेनिस मोनास्तिर्सकीसहित आठ जना सवार थिए ।
उनीबाहेक आन्तरिक मन्त्रालयका दुई वरिष्ठ अधिकारीहरूको पनि निधन भएको छ । उपमन्त्री र एक सचिवको पनि निधन भएको अधिकारीहरूले बताएका छन् ।
युक्रेनी प्रहरी प्रमुखले फेसबुकमा लेख्दै हेलिकप्टर युक्रेनको आपतकालीन सेवाको रहेको जनाएका छन् ।
प्रतिक्रिया