श्रेणी : राजनीति
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखकाबारेमा अन्य दलसँग पनि छलफल गर्ने भएको छ ।
बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सभामुखको लागि अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिकै आधारमा संवैधानिक पदहरु चयन गर्ने आश्वासन दिएकाले प्रधानमन्त्रीको आधिकारिक धारणा कुर्ने पक्षमा कांग्रेस रहेको बताए ।
उनले बैठकमा सर्वदलीय बैठकमा भएका कुराहरुका बारेमा उपस्थित नेताहरुले बैठकमा जानकारी गराएका र अन्य दलहरुसँगको छलफलबाट निष्कर्ष आएपछि कांग्रेसले दलहरुसँग गरेको सहमतिका आधारमा सभामुखको लागि उम्मेदवारी दिने बताए ।
प्रवक्ता महतले काँग्रेस समझदारीबट भए समझदारीकै रुपमा अघि बढ्ने र समझदारीबाट नभए पनि उम्मेदवारी दिने पक्षमा रहेको बताए । यता नेकपा एमालेले भने सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ। आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्ने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया