
श्रेणी : राजनीति
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको सभामुखमा सांसद देवराज घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । सभामुखका लागि विभिन्न नेताको नामकाबारेमा चर्चा भएपनि एमालेले घिमिरेलाई उम्मेदवार बनाउने टुंगो लगाएको हो ।
उनी झापा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । प्रधानमन्त्री माओवादीलाई बनाएर राष्ट्रपति एमालेले लिने, सभामुख आलोपालो गर्ने सहमति भएको थियो।
सोही सहमतिअनुसार सत्ता साझेदार दलको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ प्रधानमन्त्रीमा रहेसम्म एमालेले सभामुख पाउने भएकाले गठबन्धनका तर्फबाट एमालेले उम्मेदवारी मनोनयन दर्ता गर्न लागेको हो ।
सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ। आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

प्रतिक्रिया