![](https://birgunjreport.com/wp-content/uploads/2023/01/apsara-chapagains.jpg)
श्रेणी : राष्ट्रिय
मकवानपुर । बागमती प्रदेशसभाको उपसभामुखमा नेकपा एमालेकी अप्सरा चापागाईँ निर्वाचित भएकी छन् ।
सोमबार प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईँ उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।
सभामुख भुवन पाठकका अनुसार ११० जना सदस्य रहेको बागमती प्रदेशसभाको बैठकमा १०८ जना सदस्य मात्रै उपस्थित थिए । उपस्थित भएकामध्ये चापागाईँको पक्षमा ६१ मत, विपक्षमा ३९ मत र मत दिन्न भन्ने पक्षमा ७ मत परेको थियो ।
चापागाईँको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा रहेका थिए । यस्तै, अर्का उम्मेदवार काफ्लेको पक्षमा ३ मत, विपक्षमा ६१ र मत दिन्न भन्ने पक्षमा ४३ मत परेको थियो । उनको प्रस्तावकमा सुरेन्द्रराज गोरसाईँ र समर्थकमा सृजना सैजू रहेका थिए ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया