वीरगन्ज :

गण्डकी प्रदेशको उपसभामुखमा एमालेकी विनाकुमारी थापा निर्वाचित

श्रेणी : राजनीति

2 years
birgunj report
21Views
0 Shares

पोखरा । गण्डकी प्रदेशको उपसभामुखमा नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित भएकी छिन् ।

सोमबार भएको प्रदेशसभामा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार  बनेकी थापाले ३२ मत ल्याउँदै निर्वाचित भएकी हुन् । कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी पार्वती तामाङले भने २६ मत पाइन् ।

गण्डकीमा एमाले २२, माओवादी केन्द्र ७ र राप्रपाका दुई सांसद छन् । स्वतन्त्र निर्वाचित दीपक मनाङेले पनि उपसभामुखमा एमालेकै उम्मेदवारलाई मत हाले ।

गत शनिबार गण्डकीको सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *