वीरगन्ज :

नवनियुक्त चिनियाँ राजदूतद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

श्रेणी : BANNER

2 years
birgunj report
18Views
0 Shares

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत चेन सङले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत सङले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा राजदूतले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री बधाई, नयाँ बर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसक्रममा प्रधानमन्त्रीले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद भन्दै आफ्नो तर्फबाट राष्ट्रपति सी जिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *