श्रेणी : मधेस
सिरहा,३० चैत । सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवविरुद्ध सुरु भएको आन्दोलन अस्थायी रूपमा स्थगित गरिएको ।
नगरपालिकाका कर्मचारीमाथि भएको कुटपिट घटनाको विरोधमा सुरु भएको आन्दोलनका कारण सर्वसाधारणले असहजता भोग्नुपरेको भन्दै आन्दोलनरत पक्षले कार्यक्रम रोकेको जनाएको हो।
नगर प्रमुख यादवले स्वास्थ्य शाखामा कार्यरत कर्मचारी रामशरण यादवमाथि कुटपिट गरेको आरोपपछि कर्मचारीहरू आन्दोलित बनेका थिए। आन्दोलनका कारण नगरपालिकाको दैनिक सेवा प्रवाहसमेत प्रभावित भएको थियो।
यसैबीच, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि आन्दोलनरत पक्षले शान्ति–सुरक्षालाई ध्यानमा राख्दै तत्कालका लागि आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो।
यद्यपि, आन्दोलन पूर्ण रूपमा अन्त्य नभएको स्पष्ट पार्दै उनीहरूले पीडित रामशरण यादवले न्याय नपाएसम्म र दोषीमाथि कडा कारबाही नभएसम्म संघर्ष जारी रहने चेतावनी दिएका छन्।

प्रतिक्रिया