वीरगन्ज :

सडक दुर्घटनामा पैदलयात्रीको दुखद मृत्यु

श्रेणी : प्रदेश

2 days
Pradeep Sah
2.1kViews
1314 Shares

नवलपरासी,०९ वैशाख । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१०, सिस्ने क्षेत्रमा पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको ज्यान गएको छ।

गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा२झ ३८५४ नम्बरको टाटा सुमोले चितवनको भरतपुर महानगरपालिका–२५ निवासी ४७ वर्षीय श्यामबहादुर भुजेललाई गएराति ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ। उक्त सवारीसाधन कोष तथा लेखा नियन्त्रक कार्यालय, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)सँग सम्बन्धित रहेको बताइएको छ।

यस घटनापछि उक्त क्षेत्रमा सवारीसाधनको गति नियन्त्रण र सडक सुरक्षाबारे पुनः ध्यान दिनुपर्ने आवश्यकता देखिएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *