वीरगन्ज :

ललिता निवास प्रकरणमा निर्णयकर्ताको बयान नै अपुरो र अधुरोः सभापति लामिछाने

श्रेणी : राजनीति

2 years
birgunj report
30Views
0 Shares

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा निर्णयकर्ताको बयान अधुरो र अपूरो रहेको बताएका छन् ।

ललिता निवास प्रकरणमा निर्णयकर्ता पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको बयान नलिई अदालतमा फाइल बुझाउन खोजेको सन्दर्भमा सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले यस विषयमा सीआईबीले कसैको आदेश मान्न नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘सीआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेस नगरोस्। गृहमन्त्रीज्यू, केही त गडबड छ.. ठूलै गडबड छ।’

सीआईबीले आज ललिता निवास जग्गा प्रकरणको फाइल दुई पूर्वप्रधानमन्त्रीसँग सोधपुछ नै नगरी बुझाउँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *