वीरगन्ज :

भूकम्पबाट मोरक्कोमा ६ सय भन्दाबढीको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
145Views
0 Shares

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । शुक्रबार राति गएको ६.८ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६३२ पुगेको बीबीसीले उल्लेख गरेको छ ।

त्यस्तै भूकम्पमा परी ३२९ जना घाइते भएका छन् । पर्यटकीय शहर माराकेशबाट ७१ किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। धेरैजस्तो मानवीय क्षति माराकेश शहरमा भएपनि अन्य पाँच प्रान्तमा पनि भूकम्पको धक्का महशुस भएको थियो ।मोरक्कोको प्रमुख मध्येको शहर माराकेशमा ठूलो क्षति भएको र कतिपय परिवार भग्नावशेषमा पुरिएका विवरण आएका छन् । सामाजिक सञ्जालमा राखिएका भिडियोमा भत्किएका भवनहरू, हल्लिरहेका घरहरू र चोकमा जम्मा भग्नावशेषहरू देख्न सकिन्छ शक्तिशाली परकम्प आउनसक्ने डरले मानिसहरू आफ्ना घर बाहिर नै बसेका छन् ।भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्सको दुर्गम क्षेत्रमा भएको भएपनि कम्पनहरू राजधानी रुबात अनि कासाब्लाङ्का र सुइरासम्म महसुस गरिएका थिए । भूकम्पको केन्द्रबिन्दु नजिकैका स्थानमा भवनहरू सग्लो नरहेको हुनसक्ने आशङ्का गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *