वीरगन्ज :

भारतबाट तस्करी गरी ल्याइएका १ लाख २० हजार लागुऔषध क्याप्सुलसहित बाराका युवकसहित तीन जना पक्राउ

श्रेणी : अपराध

44 minutes
Pradeep Sah
2.0kViews
1961 Shares

बीरगन्ज,१३ साउन । भारतबाट अवैध रूपमा नेपाल भित्र्याई काठमाडौं उपत्यकामा लागुऔषध बिक्री–वितरण गर्दै आएको आरोपमा बाराका एक युवकसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले काठमाडौं महानगरपालिका–१४ गाङ्खेलबाट विशेष सूचनाका आधारमा मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–५ निवासी २१ वर्षीय नौसाद अन्सारी, भारत घर भएका २६ वर्षीय राकेश कुमार शाह तथा ओखलढुङ्गाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुरको महालक्ष्मीथान बस्दै आएका २४ वर्षीय दीपक राई रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ‘डामाडोल’ नामक लागुऔषधका १ लाख २० हजार क्याप्सुल बरामद गरेको जनाएको छ। साथै लागुऔषध ओसारपसारमा प्रयोग गरिएको बा एसी ७०१७ नम्बरको टाटा हात्ती गाडी, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल फोन तथा केही नेपाली नगद पनि नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेका तीनै जनालाई बरामद लागुऔषध, सवारीसाधन र अन्य सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *