वीरगन्ज :

छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

श्रेणी : मधेस

4 weeks
Pradeep Sah
2.8kViews
1164 Shares

वीरगंज (पर्सा), ३० वैशाख । अरुणोदय लेडिज क्लबद्वारा आयोजित २१ दिने निःशुल्क मेहन्दी तालिम सम्पन्न भएको छ । साना छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमको समापन गरिएको हो । तालिममा सहभागी छात्राहरुलाई मेहन्दी कला सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रशिक्षक श्रृजना चौधरीले प्रदान गरेकी थिइन् ।

प्रशिक्षक चौधरीले मेहन्दी कला सीपमूलक तथा स्वरोजगार मूलक पेशा भएकाले यस्ता तालिमले बालबालिकाको प्रतिभा विकासका साथै भविष्यमा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताइन् । कार्यक्रममा क्लबकी कार्यसमिति सदस्य निलम अग्रवालले साना बालबालिकालाई सीपमूलक शिक्षासँग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिइन् ।

उनले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सीप विकास सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने बताइन् । समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै क्लवकी संगीता सरावगी, सोनी रौनियार, संगीता रुँगटा, सुनिता अग्रवाल, पुनम चाचान तथा सिनियर सदस्य पुष्पा चमरिया लगायतले यस्ता तालिमले बालबालिकाको रचनात्मक क्षमता अभिवृद्धि हुनुका साथै आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेकी थिइन् ।

कार्यक्रममा अभिभावक तथा स्थानीयवासीको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *