![](https://birgunjreport.com/wp-content/uploads/2022/09/3-14-1024x478.jpg)
श्रेणी : राजनीति
काठमाडौं, भदौ २७ गते
स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्थानीय चुनावका १ लाख १५ हजार उम्मेदवारले खर्च विवरण नबुझाएकाले कारबाही गर्नुपर्ने बताएका छन् ।
उनीहरुलाई ५ लाख रुपैयाँ जरिवाना र ६ वर्षसम्म उम्मेदवार हुन नपाउने गरी कारबाही गर्न सकिने भन्दै थपलियाले ‘कारबाहीमा परेपछि को को असोज २ र ३ गते हुने समानुपातिक बन्द सुचीमा रहन नपाईने बताएका छन् । स्थानीय चुनाव जितेकाहरुले पनि खर्च विवरण नबुझाएको भए कारबाही हुने थपलियाले बताए । स्थानीय चुनावमा खर्च विवरण नबुझाउनेहरुलाई कारबाहीको विषयमा सोमबार निर्णय हुने उनको भनाई छ ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया