वीरगन्ज :

सिरहामा ७१७ किलो गाँजा बरामद

श्रेणी : अपराध

1 year
Pradeep Sah
2.5kViews
1088 Shares

जनकपुर,०२ साउन । सिरहाको सुखीपुर नगरपालिका–४ पोखरियामा ७१७ किलोभन्दा बढी गाँजा बरामद भएको छ।

गोप्य सूचनाका आधारमा आज बिहान ६ बजे ६० वर्षीय मेदी यादवको घरमा प्रहरीले छापा मार्दा २७ पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

बरामद भएको गाँजाको तौल गर्दा ७१७.६ किलो पुगेको छ। तर घरमुली यादव भने घटनापछि फरार रहेका छन्।

पक्राउ परेका गाँजालाई कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको प्रहरीले जनाएको छ। फरार यादवको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *