
श्रेणी : BANNER

वीरगंज (पर्सा), २६ भदौ / श्रोत नखुलेको ७ लाख त्रिपन्न हजार रकम सहित हुण्डी कारोबारको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका वडा नं.९ बैरिया विर्ता बस्ने वर्ष ३५ को महम्द रिजवान आलम रहेका छन् । निजलाई प्रहरीले वीरगञ्ज म.न.पा.वडा नं.२ श्रीराम सिनेमा हल पछाडीबाट पक्राउ गरेको हो ।
आइतबार दिउसो १ः३० बजे विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिकाको वडा नं. २ श्रीराम सिनेमा हल पछाडि गोरेटो सडक खण्डबाट आलमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त सडकखण्डमा प्रदेश २–३–०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाईकल रोकी चेकजाँच गर्दा आलमले लगाएको जिन्सपाइन्टको खल्तीमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रू.७ लाख ५३ हजार ३ सय फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उक्त रकम बरामद गरी उल्लेखित मोटरसाइक सहित आलमलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए । वीरगंज टाईम्स

प्रतिक्रिया