वीरगन्ज :

वीरगंज महानगरपालिकाको प्रशासनिक भवन पूर्णरूपमा ध्वस्त

श्रेणी : BANNER

10 months
Pradeep Sah
2.5kViews
1625 Shares

वीरगंज, २५ भदौ – वीरगंज महानगरपालिकाको मुख्य प्रशासनिक भवन पूर्णरूपमा ध्वस्त भएको छ। प्रदर्शनकारीहरुले कम्तीमा २७ वटा चारपांग्रे सवारीसाधनमा आगजनी गरेका छन् भने भवनभित्रका सबै शाखा तथा महाशाखा जलेर नष्ट भएका छन्।

महानगर प्रमुख राजेशमान सिंह र उपप्रमुख इतेयाज आलम बस्ने कोठादेखि लेखा शाखा, राजस्व शाखा, स्वास्थ्य महाशाखा, शिक्षा महाशाखा, योजना शाखासहितका सम्पूर्ण कार्यालय जलेर ध्वस्त भएका छन्। महानगरका कर्मचारीका अनुसार सम्पूर्ण कागजात र दस्तावेज जलेर नष्ट भएकाले अब कार्यालय सञ्चालनमा ठूलो समस्या पर्ने भएको छ।

प्रदर्शनकारीहरुले भवनभित्र पार्किङ गरिएको महानगरको एम्बुलेन्स र बारुण यन्त्रका गाडी समेत जोगाएका छैनन्। चारपांग्रे गाडी बाहेक मोटरसाइकल, इ-रिक्सा, साइकल, गोदाममा राखिएका सामाग्री, औषधि र रसायन पदार्थ समेतमा आगजनी गरिएको छ।

आगो लगाइएपछि महानगरपालिकाको प्रशासनिक भवन पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने राति स्थानीय तथा आन्दोलनकारी घुसपैठीयाहरुले लुटपाटसमेत गरेको जनाइएको छ।

महानगरका कर्मचारीहरुले कार्यालय भवन नै नष्ट भएकाले अब जनताका कामकाज प्रभावित हुने र सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न हुने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *