वीरगन्ज :

वीरगंज महानगरका मेयर उम्मेदवार सरावगी पैसा बाड्न आएको भन्दै स्थानीयद्वारा विरोध

श्रेणी : प्रदेश

3 years
Pradeep Sah
11Views
0 Shares

• हरिशंकर शर्मा
वीरगन्ज, २७ वैशाख / नेकपा एमाले पार्टीबाट वीरगन्ज महानगरपालिकाका मेयरका उम्मेदवार विजय सरावगी मतदाताको घरमा पैसा बाड्न आएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेपछि करिब साढे २ घण्टाजति घरमै थुनिनु परेको थियो । वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवा स्थित रातिको करिब १२ बजेको समयमा नेपाली काँग्रेसका कार्यकर्ता विनोद चौरसियाको घरमा पुगेको बेला स्थानीयहरुले विरोध प्रदर्शन गर्न थालेपछि उम्मेदवार सरावगीलाई करिब साढे २ घण्टाजति घरमै थुनिनु परेको थियो ।
वीरगन्ज महानगरपालिकामा जसपा, नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एस सम्मिलित ५ दलीय गठबन्धनबाट वीरगन्जमा राजेशमान सिंह मेयरका उम्मेदवार छन् भने नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टीको गठबन्धनबाट विजय सरावगी मेयरका उम्मेदवार छन् । सरावगी नेकपा एमालेको उम्मेदवार भएर विपक्षी ५ दलीय गठबन्धनबाट नेपाली काँग्रेसका कार्यकर्ता विनोद चौरसियाको घरमा रातिको समयमा किन भेट्न आउनुपर्यो भन्दै स्थानीयहरुले विनोद चौरसियाको घरलाई घेरा हालेर नारावाजी गर्न थालेपछि विवाद उत्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *