वीरगन्ज :

भारतमा नेपाली युवतीको डिम्ब संकलन गराउने गिरोह सक्रिय, आर्थिक प्रलोभनमा पारिएको खुलासा

श्रेणी : BANNER

4 weeks
Pradeep Sah
2.6kViews
1911 Shares

वीरगंज (पर्सा), १९ असार । भारतको दैनिक भास्करले कैलाली र कञ्चनपुरका १८ देखि ३५ वर्ष उमेर समूहका थारू युवतीलाई आर्थिक लोभ देखाएर भारतका दिल्ली, मुम्बईलगायत सहरका क्लिनिकमा पुर्‍याई डिम्ब (अण्डाणु) संकलन गराउने संगठित गिरोह सक्रिय रहेको खुलासा गरेको छ।

समाचारअनुसार बिचौलियाले सामाजिक सञ्जालमार्फत युवतीहरूसँग सम्पर्क स्थापित गरी उनीहरूलाई भारत लैजाने गरेका छन्। डिम्ब दान गरेबापत केही युवतीले ३० देखि ४० हजार भारतीय रुपैयाँसम्म पाएको बताएका छन् भने केहीले डिम्ब निकालिएपछि कुनै पारिश्रमिक नै नपाई फर्किनुपरेको गुनासो गरेका छन्।

डिम्ब दान (Egg Donation) सामान्यतया IVF उपचारका लागि कानुनी रूपमा गरिने चिकित्सकीय प्रक्रिया भए पनि पछिल्लो समय यसको आडमा अवैध किनबेच, शोषण तथा मानव तस्करीसँग सम्बन्धित गतिविधि बढ्दै गएको आशंका गरिएको छ।

भारतमा हालै छापामारिएका केही क्लिनिकबाट नेपाली युवतीहरू फेला परेपछि यस नेटवर्कबारे भारतीय निकायले थप अनुसन्धान अघि बढाएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *