वीरगन्ज :

बौद्धिक नेता गौतमको प्रदेशसभामा समानुपातिकतर्फ सिफारिस

श्रेणी : राजनीति

3 years
birgunj report
86Views
0 Shares

काठमाडौं । नेपाली काङ्ग्रेस नागार्जुन नगर सभापति बौद्धिक नेता दुर्गाप्रसाद गौतमको नाम क्षेत्र नम्बर ९(ख) मा प्रदेशसभा समानुपातिक सदस्यमा सिफारिस भएसँगै उनको संभावना प्रबल रहेको यस क्षेत्रका काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरु बताउँछन् ।

विद्यार्थी जीवनकालदेखिनै नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीति सुरु गरेका गौतमको जन्म २०२८ सालमा नागार्जुन नगरपालिका वडा नम्बर  ७ साबिक स्युचाटार गाविस वडा नम्बर ८ किम्सीमा भएको हो । गौतमले अर्थशास्त्रमा स्नातकोत्तर, एमफिलसम्मको अध्ययन गरेका छन् भने गौतमले समाजशास्त्रमा पनि स्नातकोत्तर गरेका छन् । त्यसैगरी गौतमले शिक्षा शास्त्रमा पनि गणित विषयमा एमए गरेका छन् ।

गौतम लामो समयदेखि पठनपाठन कार्यमा संलग्न हुँदै आएका छन् । गौतमले विद्यालयस्तरका गणित विषयका पाठ्यपुस्तकहरु लेखन कार्य गरेका छन् । भने कक्षा ११, १२ का साथै स्नातक तथा स्नातकोत्तर तहका अर्थशास्त्र विषयका पाठ्यपुस्तकहरु लेखेका छन् । सामाजिक जीवनमा सक्रिय गौतम विभिन्न प्रशिक्षण कार्यमा पनि संलग्न रहँदै आएका छन् । दैनिक पत्रपत्रिका पढ्ने पा्कका लागि पनि नौलो नाम भने होइन गौतम । किनकी गौतम समसामयिक, राजनैतिक, आर्थिक विषयबस्तुहरुमा कमल चलाई रहन्छन् । 

गौतमका नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरु कान्तिपुर, गोरखापत्र, नागरिक, कारोबार, नेपाल समाचारपत्र, नयाँ पत्रिका तथा विभिन्न अनलाइनहरुमा सयौं लेखहरु प्रकाशित भएका छन्  । गौतम सरकारी तथा गैरसरकारी संस्थासँग सम्बन्धित अनुगमन तथा मुल्यांकन गर्ने कार्यमा कार्यक्रम विज्ञकारुपमा पनि काम गर्दै आएका छन् । पार्टी माथी राम्रा मानिसहरूको छनोट हुँदैन भन्ने आरोप लाग्ने बेला गौतम जस्ताको उम्मेदवारी आउनु उत्साहजनक हो ।

उनीजस्ता उम्मेदवार लिएर घरदैलोमा जाने वातावरण बने यसले यस क्षेत्रमा काङ्ग्रेसले प्रस्तुत गर्ने प्रत्यक्षतर्फका उमेदवारको पक्षमासमेत जनलहर सृजना गर्न सकिने कुरा यस क्षेत्रका आगुवा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुका साथै बुद्धिजीवी, पेसाकर्मीले सार्वजनिक रुपमाचर्चा परिचर्चा गर्न थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *