श्रेणी : समाचार
5Views
0
Shares
काठमाडौं । भदौ १२ गते
बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ बजनी चोकमा हिजो साँझ पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४५ वर्षीय शम्भु साह रहेका छन् ।
उपचारका लागि अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको सिमरा स्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।
वीरगन्जबाट सिमरातर्फ आउँदै गरेको बा ७१ प २९७ नम्बरको मोटरसाइकल हिजो साँझ पौने ७ बजे पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
प्रतिक्रिया