वीरगन्ज :

बाटोमा हिँडिरहेकी युवतीलाई गोप्य अंग देखाउने व्यक्ति प्रहरी नियन्त्रणमा

श्रेणी : BANNER

2 weeks
Pradeep Sah
1.9kViews
1483 Shares

काठमाडौं  २२ असार ।  । ललितपुरको इमाडोल क्षेत्रमा पैदल हिँडिरहेकी एक युवतीप्रति अश्लील व्यवहार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। प्रहरीले बैतडी स्थायी घर भई हाल इमाडोल बसोबास गर्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्टलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार आइतबार साँझ इमाडोलमा सडकमा हिँडिरहेकी युवतीलाई भट्टले आफ्नो गोप्य अंग देखाउँदै अश्लील हर्कत गरेका थिए।

घटनापछि युवतीले ती व्यक्तिलाई पछ्याउँदै भिडियो खिचेकी थिइन्। त्यसपछि उक्त भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै सम्बन्धित व्यक्तिलाई पक्राउ गर्न आग्रह गरेकी थिइन्।

भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै आरोपित भट्टलाई पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *