वीरगन्ज :

पर्सा प्रशासनको चेतावनी, सरकारी कार्यालयमा बिचौलिया देखिए कडा कारबाही

श्रेणी : BANNER

4 weeks
Pradeep Sah
2.7kViews
1733 Shares

वीरगन्ज,२२ चैत । जिल्ला प्रशासन कार्यालय पर्साले सरकारी सेवामा बिचौलियाको प्रभाव अन्त्य गर्न कडा निर्देशन जारी गरेको छ। आइतबार सार्वजनिक गरिएको सूचनामार्फत प्रशासनले जिल्लाभित्रका सबै सरकारी कार्यालयलाई बिचौलियामुक्त सेवा सुनिश्चित गर्न निर्देशन दिएको हो। सेवाग्राहीलाई छिटो, सहज र पारदर्शी सेवा प्रदान गर्न यस्तो कदम चालिएको जनाइएको छ।

प्रशासकीय अधिकृत रेखा कुमारीका अनुसार हाल प्रशासनबाट प्रदान गरिने सेवा नियमित र व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ। उनले कार्यालय परिसरभित्र मात्र नभई आसपास क्षेत्रमा पनि बिचौलियाको गतिविधि देखिए तत्काल कारबाही गरिने स्पष्ट पारिन्।

“सहयोग वा सहजीकरणको नाममा सेवाग्राहीबाट अवैध रूपमा रकम असुल्ने जोसुकैलाई पनि कानुनअनुसार कडा कारबाही गरिनेछ,” प्रशासनले चेतावनी दिएको छ। यस निर्णयले पर्सा जिल्लामा सरकारी सेवामा पारदर्शिता बढ्ने र सर्वसाधारणले बिचौलियाविना प्रत्यक्ष सेवा पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *