वीरगन्ज :

पत्रकारिता अधिकार संरक्षणका लागि पर्साका पत्रकारहरू धर्नामा

श्रेणी : BANNER

1 month
Pradeep Sah
2.8kViews
1762 Shares

वीरगन्ज,२७ जेठ । नेपाल पत्रकार महासंघ पर्साको आह्वानमा पर्साका पत्रकारहरूले प्रेस स्वतन्त्रताको पक्षमा धर्ना दिएका छन्।

सरकारले सूचना तथा विज्ञापन वितरणमा विभेदकारी र स्वेच्छाचारी निर्णय गरेको भन्दै उक्त निर्णय तत्काल खारेज गर्न र प्रेसको संवैधानिक अधिकार संरक्षण गर्न माग गर्दै पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि धर्ना दिएका हुन्।

धर्ना बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा सञ्चालन गरिएको थियो। सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सञ्चारमाध्यमको अधिकारको पूर्ण सम्मान गर्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *