श्रेणी : BANNER
काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तीसारको जय नेपाल हलको कम्पाउन्ड खोतल्दा टुकुचा खोला फेला पारेको छ ।
बिहीबार महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको थियो । महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब भएको थियो ।
खोलाको बहाव क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको हो । महानगरले केही समय पहिले खोलाको बहाव क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो ।
आज डोजरले खोतल्दा जय नेपाल हलमा टुकुचा खोला भेटिएको महानगरका सहप्रवक्ता महेश काफ्लेले जानकारी दिए। महानगरले पछिल्लो समय अनधिकृत संरचनामाथि डोजर चलाइरहेको छ ।
प्रतिक्रिया