वीरगन्ज :

ओली र लेखक पक्राउविरुद्ध कलैयामा एमालेको प्रदर्शन, प्रशासनलाई बुझाइयो विरोधपत्र

श्रेणी : मधेस

1 month
Pradeep Sah
2.4kViews
1153 Shares

बीरगन्ज,१५ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउको विरोधमा नेकपा एमाले बारा जिल्ला कमिटीले कलैयामा प्रदर्शन गरेको छ। जिल्ला अध्यक्ष अद्यानन्द पाण्डेको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागी नेता–कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै पक्राउलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिएका छन्।

प्रदर्शनपछि एमाले प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय बारा पुगेर प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई विरोधपत्र बुझाएको छ। उक्त पत्रमार्फत पक्राउको विरोध गर्दै दुवै नेतालाई तत्काल रिहा गर्न माग गरिएको छ।

देशभर नै विरोध कार्यक्रम गर्दै आएको एमालेले कलैयामा पनि आन्दोलनलाई निरन्तरता दिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *