वीरगन्ज :

आज पनि काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

श्रेणी : राजनीति

2 years
birgunj report
7Views
0 Shares


काठमाडौं, भदौ २९ गते
आज बिहान नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्क्ष ली चान्सु नेतृत्वको प्रतिनिधि मण्डल भक्तपुर भ्रमणमा जाने र दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम भएकाले काठमाडौं उपत्यकाका भित्री सडकहरुमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना नै निकालेर बिहान नौ बजेदेखि काठमाडौंको कालिमाटीदेखि भक्तपुरको सल्लाघारीसम्म र दिउँसो साढे तीन बजे आसपास कालिमाटीदेखि महाराजगञ्जसम्मको सडकमा आवागमन प्रभावित हुने जनाएको छ । यी समयमा वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले सबैलाई अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *