वीरगन्ज :

अतिक्रमणमा परेका सडक खाली गर्न सडक डिभिजन कार्यालयको फेरि सूचना

श्रेणी : BANNER

1 month
Pradeep Sah
2.0kViews
1325 Shares

वीरगंज (पर्सा), ८ असार । त्रिभूवन राजपथ अन्तर्गत वीरगंज महानगर क्षेत्रको सडक अतिक्रमण खाली गर्ने बारे सडक डिभिजन कार्यालय हेटौंडाले सोमबार फेरी अर्को सुचना जारी गरेको छ । डिभिजन प्रमुख किरण कार्कीद्वारा हस्ताक्षरित सुचनामा त्रिभुवन राजपथको सिर्सिया मितेरी पुलदेखि बहुअरी गण्डक चोक सडक खण्डमा, सडकको केन्द्र रेखाबाट दायाँ बायाँ २५–२५ मिटर सडक सीमा तत्काल खाली गर्न तथा नीजि भवन, संरचनाहरू हटाउन आग्रह गरिएको छ ।

बैशाख ६ गतेबाट सडक सीमा खाली गराउने अभियान प्रारम्भ भइसकेको स्मरण गराउँदै जारी सार्वजनिक सुचनामा, क्षतिग्रस्त भवनमा हालसम्म पनि बसोबास र व्यापार गरिरहेको बुझिएकोले उक्त जोखिमयुक्त भवनहरूमा बसोबास नगर्न तथा व्यापार व्यवसाय सञ्चालन नगर्न अनुरोध गरिएको छ । कुनै अप्रिय घटना घटेमा निज स्वयम् जिम्मेवार हुनु पर्ने भन्दै सचेत गराएको छ ।

सडक सीमा भित्रका संरचनाहरु सरोकारवालाहरु स्वयमले भत्काई सहयोग गरेकाहरू प्रति डिभिजन कार्यालयले धन्यावाद ज्ञापन गरेको छ । बाँकी रहेका संरचनाहरु पनि छिटो भन्दा छिटो स्वस्फूर्त आफै खालि गरी सडक सीमासंरक्षण कार्यमा सहयोग गरि व्यवस्थित सडक निर्माण गर्न सहयोग गरिदिनुहुन अनुरोध गर्दै सूचनालाई बेवास्ता गरी सडक सीमा खालि नगरेमा यस डिभिजनबाट सडक ऐन, २०३१ बमोजिम सडक सीमा संरक्षण कार्य अन्तर्गत सडक सीमा भित्र रहेका संरचनाहरू हटाइने समेत जानकारी गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *