
श्रेणी : राजनीति
15Views
0
Shares
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन् । अध्यक्ष प्रचण्डले तीन स्वतन्त्र सांसदसहित सात राजनीतिक दलको समर्थनसहित शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् ।
यसअघि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय सीमा दिएकी थिइन् । दाहाल नेकपा एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर दाहाल शीतल निवास पुगेका हुन् ।



प्रतिक्रिया