वीरगन्ज :

अमेरिकामा नेपाली दूतावासको रकम लुटपाट

श्रेणी : BANNER

3 years
birgunj report
439Views
0 Shares

काठमाडौँ । अमेरिकामा नेपाली दूतावासको रकम लुटिएको छ । वासिङ्टन डीसीस्थित नेपाली दूतावासले डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ हरु लुटिएको जनाएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीहरु डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डीसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारी साधन स्थानीय समयअनुसार दिउँसो १२ बजेर तीन मिनेट जाँदा तोडफोड भई लुटिएकोले जनाएको छ ।

दूतावासले यस घटनाको सम्बन्धमा तत्कालै ह्युस्टन प्रहरी विभाग तथा कुटनीतिक सुरक्षा महाशाखा ह्युटन लगायतका निकायहरुमा उजुरी गरी लुटिएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ फिर्ता लिन प्रयास गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *