वीरगन्ज :

भावी सरकारमा सामेल नहुने थापाको घोषणा

श्रेणी : राजनीति

2 years
birgunj report
14Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्वमा आलोपालो गर्ने गोप्य सहमति भए स्वीकार नगर्ने बताएका छन् ।

बुधबार संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले बन्द र अँध्यारो कोठामा गरिने सहमति नेपाली कांग्रेसले बोक्न नसक्ने बताएका हुन् ।

उनले भने,‘कांग्रेसले संस्थागतरुपमा कुनै दलसँग आलोपालो सहमति गरे स्वीकार्य हुन्छ। तर गोप्यरुपमा सहमति भएमा पार्टीले त्यसलाई बोक्न सक्दैन। भोलि कांग्रेसले धोका दियो भने कसैले भन्न पाउँदैन।’

उनले पार्टीको संसदीय दल र आधिकारिक समिति वेगर छलफल भए त्यो व्यक्तिगत हुने बताए । उनले आजबाट नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पहल गर्ने बताए । महामन्त्री थापाले आफू सरकारमा नजानेसमेत बताए ।

उनले भने,’कांग्रेस नेतृत्वको सरकार बन्यो भने अरु साथीहरु जानुहुन्छ। पार्टीमा रुपान्तरण र पुस्तान्तरणको आवश्यकता छ। मेरो सोचाइ पनि यही हो र म त्यसमै लागिरहन्छु।’

उनले आगामी दिनमा संसदीय दलकै नेता बन्ने तयारीमा लाग्ने बताए । उनले मतपरिणामले आफू निराश नहुने बताए । महामन्त्री थापा संसदीय दलको नेतामा पार्टी सभापति देउवासँग पराजित भएका छन्। देउवाले ६४ मत ल्याउँदा गगनले २५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *