वीरगन्ज :

रुसको प्रमुख सैन्य सहयोगी इरान रहेको अमेरिकी आरोप

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
23Views
0 Shares

अमेरिकाले रुस र इरानबीचको सम्बन्धमा न्यानोपन देखिएको र त्यो पूर्णस्तरको रक्षा साझेदारीमा बदलिएको बताएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीका अनुसार रुसले सैन्य सहयोग तेहरानलाई दिइरहेको छ ।

उनले दुई देशले घातक ड्रोनहरूको संयुक्त उत्पादन गर्ने विषयमा विचार गरिरहेको विवरण अमेरिकाको जानकारीमा रहेको बताए ।

अस्ट्रेलियाले युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई ड्रोनहरू आपूर्ति गरेकोमा तीन इरानी नागरिक र एउटा इरानी व्यवसायलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ । पछिल्लो समयमा रुस र इरानबीच सहकार्य बढ्दै गएको छ र युक्रेनले रुसले आफूमाथि आक्रमण गर्न इरानी ड्रोनहरूको प्रयोग गरिरहेको आरोप लगाएको छ ।

प्रारम्भिक रूपमा रुसलाई ड्रोन उपलब्ध गराएको अस्वीकार गरेको उक्त मध्यपूर्वी देशले पछि युक्रेनमाथि आक्रमण हुनुअघि केही मात्रामा आपूर्ति गरेको उल्लेख गरेको थियो ।

कर्बीले ड्रोनहरूको उत्पादनमा इरान र रुसको साझेदारी युक्रेन, इरानका छिमेकी र अन्तर्राष्ट्रिय समुदायका लागि घातक हुने टिप्पणी गरे।

बेलायतका विदेशमन्त्री जेम्स क्लिभर्लीले इरान रुसको प्रमुख सैन्य समर्थक बनिसकेको र ती दुई बीचको सम्बन्ध विश्व सुरक्षाका लागि खतरा भएको बताए ।

उनले रुसले इरानी सत्तालाई उपलब्ध गराउने सैन्य र प्राविधिक सहयोगले मध्यपूर्वका आफ्ना साझेदार र अन्तर्राष्ट्रिय सुरक्षामा जोखिम थप्ने टिप्पणी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *