वीरगन्ज :

माओवादीका बागी उम्मेदवार पार्टीबाट निस्कासित

श्रेणी : BANNER

4 years
birgunj report
99Views
0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टी नीतिविपरीत बागी उम्मेदवारी दिने तथा तिनका प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

पार्टी नीति उल्लंघन गर्दै गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएर निर्धारित मिति र समयभित्र उम्मेदवारी फिर्ता नलिने नेता कार्यकर्ता, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निष्कासन गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारले पार्टी एवं गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धतासहित असोज ३१ गते (आज सोमबार) भित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरे वा आफ्नो उम्मेदवारी निष्क्रिय गराएको खण्डमा भने उनीहरुउपरको कारबाही फिर्ता लिइने पनि विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *