
श्रेणी : अन्तर्राष्ट्रिय
पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास शहरस्थित एउटा घरको छत खस्दा नौ जनाको मृत्यु भएको छ । उक्त शहरको बोनार्डास क्षेत्रमा आइतबार बिहान भएको उक्त घटनामा एकै परिवारका नौ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । छत खसेलगत्तै स्थानीयवासी घटनास्थलमा पुगेका र करिब दुई घण्टाको प्रयासपछि शव निकालिएको प्रहरीले जनाएको छ ।
उद्धारकर्मी र स्थानीय अधिकारीहरूले शवहरूलाई स्थानीय अस्पताल परीक्षणका निम्ति पुर्याएका थिए । यसैबीच, भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा आइतबार एउटा बस पहाडबाट खस्दा १० जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।
दुर्घटना आन्ध्र प्रदेशको अल्लुरी सीताराम राजु जिल्लामा भएको हो । प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस विशाखापट्टनम शहरबाट एएसआर जिल्लाको पडेरु क्षेत्रतर्फ गइरहेको थियो । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।


प्रतिक्रिया