वीरगन्ज :

राष्ट्रपति भण्डारीद्वारा शक्तिपीठको दर्शन(फोटोफिचर)

श्रेणी : समाचार

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महत्वपूर्ण शक्तिपीठको दर्शन गरेकी छन् । सोमबार राष्ट्रपति भण्डारीले काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेकी हुन् ।

दशैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठ दर्शन गर्ने परम्परा रहेको छ। बडा दशैँको आठौँ दिन सोमबार मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ ।

काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो थियो ।

राजधानी बाहिरका शक्तिपीठमा पनि आज महागौरी भगवतीको पूजाअर्चना गरेर महाअष्टमी मनाइएको छ। यसअघि सोमबार बिहान राष्ट्रपतिले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *