वीरगन्ज :

महिला उद्यमशीलताबारे प्रधानमन्त्री बालेन र महिला उद्यमी महासंघबीच छलफल

श्रेणी : प्रदेश

18 hours
Pradeep Sah
1.6kViews
1411 Shares

काठमाडौं,३२ असार । प्रधानमन्त्री बालेन शाहले महिला उद्यमशीलताको विकास, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाको सहभागिता बढाउने विषयमा महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा महिला उद्यमीहरूले उद्यम व्यवसायमा देखिएका चुनौती, अवसर तथा सरकारबाट अपेक्षित नीतिगत सुधारका विषय उठाएका थिए। प्रधानमन्त्री शाहले महिला उद्यमशीलता सशक्तीकरणका लागि सरकार सकारात्मक रहेको र आवश्यक सुझावलाई नीति निर्माणमा समेट्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा महिला उद्यमी महासंघकी अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *