वीरगन्ज :

बीरजन्जमा कोइलाको धुलो आतंक, स्थानीय बासिन्दा समस्यामा

श्रेणी : मधेस

3 hours
Pradeep Sah
2.6kViews
1067 Shares

बीरगन्ज,०८ चैत । बीरगन्जस्थित सुख्खा बन्दरगाहमा कोइला ह्यान्डलिङको तरिका परिवर्तन भएपछि आसपासका बासिन्दाहरू गम्भीर समस्यामा परेका छन्। कोइला सिधै बन्दरगाहमै अनलोड गर्न थालिएपछि धुलो प्रत्यक्ष रूपमा बस्तीमा फैलिन थालेको हो।

यसअघि रेलमार्फत आएको कोइला भारतको रक्सौलस्थित रेल्वे यार्डमा अनलोड हुने गरेको थियो। तर अहिले प्रणाली परिवर्तनसँगै कोइला वीरगञ्जमै झार्न थालिएको छ, जसले वातावरणीय प्रदूषण बढाएको स्थानीयको गुनासो छ।

स्थानीयवासीका अनुसार दैनिक रूपमा घर, सडक र वरपरका क्षेत्रहरूमा कालो धुलो जम्ने गरेको छ। हावामा प्रदूषण बढेसँगै सास फेर्न समेत गाह्रो हुने समस्या देखिएको छ।

यस विषयमा नेपाल इन्टरमोडल ट्रान्सपोर्ट विकास बोर्डको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। कोइला जस्ता धुलो उड्ने सामग्री बस्ती नजिक व्यवस्थापन गर्नु उचित नभएको स्थानीयको भनाइ छ।

बीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीले बारम्बार सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताए। उनले तत्काल बन्दरगाहमा कोइला अनलोड रोक्नुपर्ने माग गरेका छन्।

बन्दरगाह क्षेत्रमा खाद्यान्न र मलजस्ता सामग्री ठूलो मात्रामा भण्डारण हुने भएकाले कोइलाको धुलो मिसिएर खाद्य सुरक्षा र जनस्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम समेत बढेको छ। स्थानीयले समस्या समाधानका लागि छिटो कदम चाल्न माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *