वीरगन्ज :

वीरगञ्जमा भन्सार छली ल्याइएका सामग्री बरामद

श्रेणी : अर्थ

5 months
Pradeep Sah
2.4kViews
1652 Shares

वीरगञ्ज, १ माघ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ अन्तर्गत रजतजयन्ती चोक र बुखार चोक जोड्ने सडकखण्डबाट प्रहरीले भन्सार छली चोरी–पैठारी गरी ल्याइएका विभिन्न सामग्री बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नियमित जाँचका क्रममा लत्ताकपडा, किराना सामान, रेलिङका पाइप तथा विभिन्न इलेक्ट्रोनिक सामग्री नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बरामद सामग्रीको अनुमानित मूल्य रु. ३ लाख ६ हजार ५ सय रुपैयाँ रहेको छ।

बरामद गरिएका सम्पूर्ण सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *