वीरगन्ज :

कैलालीमा ट्याटु हाउसभित्र युवक मृत फेला

श्रेणी : प्रदेश

4 weeks
Pradeep Sah
2.7kViews
1474 Shares

धनगढी,१५ पुस । कैलालीको बर्दगोरिया गाउँपालिका-२ बौनियामा ट्याटु हाउसभित्र एक युवक मृत फेला परेका छन् । स्थानीय दिलीप ढुंगानाको घरमा सटर भाडामा लिएर ट्याटु हाउस सञ्चालन गर्दै आएका भजनी नगरपालिका-८ का अन्दाजी २५ वर्षीय सुमन चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले चौधरी सटरभित्र मृत अवस्थामा फेला परेको बताए । उनी झुन्डिएको अवस्थामा भेटिए पनि अहिले आफन्त आइरहेकोले थप अनुसन्धान त्यसपछि मात्र अघि बढाइने डीएसपी सिंहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *