वीरगन्ज :

वीरगञ्जमा ‘कानु यूथ समाज’ गठन, १५ सदस्यीय समेत अध्यक्षमा मनोज कुमार साह चयन

श्रेणी : BANNER

3 months
Pradeep Sah
1.9kViews
1728 Shares

वीरगंज १३ मंसिर। वीरगञ्ज महानगरपालिका–१० स्थित श्री रामजानकी मन्दिर परिसरमा आज आयोजित कानु समाजका अगुवा युवाहरूको विशेष बैठकले १५ सदस्यीय ‘कानु यूथ समाज’ गठन गरेको छ । नवगठित समितिको अध्यक्षमा मनोज कुमार साह चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा अञ्जन गुप्ता, सचिवमा पत्रकार श्रवण प्रसाद साह, सहसचिवमा शम्भु प्रसाद गुप्ता र कोषाध्यक्षमा विमला कुमारी गुप्ता चयन भएका छन् । समितिका सदस्यहरूमा अनिल कुमार साह, अमर कुमार गुप्ता, दयानन्द प्रसाद गुप्ता, राजकुमार साह, राजन गुप्ता, हरिन्द्र साह कानु, गुड्डीकुमारी साह, अञ्जु साह र लखनलाल गुप्ता रहेका छन् ।

युवा बैंकर सन्तोष कुमार साहको सभापतित्वमा सम्पन्न बैठकमा अधिवक्ता आत्माराम गुप्ता, सन्तोषकुमार कानु, अर्जुन गुप्तालगायतको उल्लेख्य सहभागिता रहेको थियो । नवनिर्वाचित अध्यक्ष मनोज कुमार साहले कानु युवाहरूको एकता, शिक्षामा पहुँच, रोजगारी सिर्जना र सामाजिक सेवालाई प्राथमिकता दिएर अघि बढ्ने बताए । “हामी कानु समुदायका युवाहरूको साझा मञ्च बनाउन चाहन्छौँ । शिक्षा, सीप र अवसरबाट कोही पनि पछाडि नपरोस् भन्ने हाम्रो लक्ष्य हो । समाज दर्तापछि ठोस कार्यक्रमहरू लिएर अघि बढ्छौँ,” अध्यक्ष मनोज भने ।

बैठकको सभापतित्व गरेका युवा बैंकर सन्तोष कुमार साहले कानु युवाहरूमा देखिएको जाँगर र उत्साह प्रशंसनीय रहेको बताए । “आजको यो सुरुआतले हाम्रो समुदायका युवाहरू सङ्गठित भएर सामाजिक र आर्थिक रूपान्तरणमा योगदान दिन सक्छन् भन्ने सन्देश गएको छ । म सबैलाई बधाई तथा शुभकामना दिन्छु,” सन्तोषले भने । बैठकले समाजलाई छिट्टै कानुनी रूपमा दर्ता गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । कानु यूथ समाजले निकट भविष्यमै वृहत् भेला तथा परिचयात्मक कार्यक्रम गर्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *