वीरगन्ज :

मधेस प्रदेशको उत्कृष्ट स्वास्थ्य कार्यालय: पर्सा ८७ अंकसहित शीर्ष स्थानमा

श्रेणी : मधेस

5 hours
Pradeep Sah
2.7kViews
1019 Shares

वीरगंज (पर्सा), ७ मंसिर । मधेस प्रदेशमा रहेको स्वास्थ्य कार्यालय पर्साले लगातार चार वर्षदेखि पहिलो स्थान कायम गर्न सफल भएको छ । मधेस प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक वर्ष ८ वटा जिल्लाका स्वास्थ्य कार्यालयहरूको कार्यसम्पादन मूल्यांकन गर्छ, र आर्थिक वर्ष २०७८/७९ देखि निरन्तर रूपमा स्वास्थ्य कार्यालय पर्सा शीर्षस्थानमा रहँदै आएको छ ।

आर्थिक वर्ष २०८१/८२ को मूल्यांकनमा पनि स्वास्थ्य कार्यालय पर्साले उत्कृष्ट अंक प्राप्त गर्दै पहिलो बनेको हो । यस वर्षको मूल्यांकनमा पर्साले ८७ अंक ल्याएर पहिला स्थान हासिल गरेको छ भने सर्लाहीको स्वास्थ्य कार्यालय दोस्रो र महोत्तरी तेस्रो स्थानमा आएका छन् । मधेस प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशका ८ स्वास्थ्य कार्यालयहरू, ११ प्रादेशिक अस्पताल तथा एक स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेटेर कार्यसम्पादनको मूल्यांकन गर्दै आएको छ । यसका लागि मन्त्रालयले मन्त्रालयस्तरीय मूल्यांकन समिति गठन गरेको थियो ।

आइतबार जनकपुरमा आयोजित प्रदेश स्तरीय वार्षिक समिक्षा कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले पहिलो स्थान प्राप्त स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख विनोद झालाई प्रमाणपत्रसहित सम्मान गरेका थिए । जनतालाई उपलब्ध गराइने सेवा, सेवाग्राही सन्तुष्टि लगायतका सूचकहरूको आधारमा पर्सा उत्कृष्ट ठहरिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए ।
उनका अनुसार पर्सा लगातार चार वर्षदेखि मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य कार्यालयको रूपमा अग्रस्थानमा रहँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *