
श्रेणी : BANNER
रौतहट,०८ असोज । नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यको सीतामढी जिल्लामा एक बैंक कर्मचारीमाथि दिनदहाडै गोली प्रहार गरी रकम लुटिएको छ।
घटना मंगलबार बैरगनिया बजार नजिकैको पचटकी यदु पञ्चायत क्षेत्रमा भएको हो। बाजबटी थाना क्षेत्रका ३० वर्षीय श्रवणकुमार राय, जो ‘बंधन को–अपरेटिभ बैंक’का कर्मचारी हुन्, महिला समूहबाट किस्ता उठाएर फर्कँदै गर्दा नकाबधारी लुटेराहरूको समूहले हमला गरेको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा आएका लुटेराहरूले श्रवणको ब्याग खोस्ने क्रममा काँधमा गोली हानेर रकम लिएर फरार भएका थिए। गोली लागेर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि सीतामढी सदर अस्पताल पठाइएको छ।
गोलीको आवाजपछि स्थानीय बासिन्दा घटनास्थलमा पुगे पनि लुटेराहरू फरार भइसकेका थिए। घटनापछि बैरगनिया थानाका प्रहरी निरीक्षक कुमोदकुमार सिंह र बलराम प्रसादको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ।


प्रतिक्रिया